No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय विदेशमन्त्रीद्वारा देउवा, नेपाल र यादवसँग भेट

0

काठमाडौँ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ  । बिहीबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन्  । उनले  भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी  भ्रमण सम्पन्न गरी शुक्रबार  स्वदेश फर्कनेछन् ।

अध्यक्ष नेपाल र भारतका विदेशमन्त्रीबीच भेट
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र  भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करबीच भेटवार्ता भएको छ । त्यस अवसरमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।  नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्री र अध्यक्षत्रय ठाकुर, यादव र राउतबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार १६:५१

Leave a Reply