No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सङ्गठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई सिंहको आग्रह

0

 

ललितपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्वपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ को प्रदेश (ख) क्षेत्रीय कार्यसमितिद्वारा शनिबार आयोजित ‘सङ्गठन शुद्धीकरणका लागि परिकल्पना’ विषयक प्रशिक्षण कार्यक्रममा नेता सिंहले ‘राजनीतिमा खोला तरेपछि लौरो बिर्सने’ प्रवृत्ति हुन नहुने बताए ।

संविधानसभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा सामेल भएका तर उनीहरुले स्थानीय सरकारलाई सुदृढ बनाउनुको सट्टा सत्ताको खिचातानीमा लागेर अहिलेको अवस्था सृजना भएको उनले बताए ।

“तीनवटै तहका सरकारलाई बलियो बनाउनुपर्नेमा उनीहरु संसद् भङ्ग गर्नतिर लागे”, नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई जोगाउन पार्टी क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले भने ।

बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले अनुशासित भएर प्रशिक्षणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिँदै टोल समितिसम्म कार्यकर्तालाई सक्रिय रहन अनुरोध गरे । उनले कार्यकर्तालाई देशको संविधान र पार्टीको विधान अध्ययन गर्न सुझाव दिए ।

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणले आगामी दिनमा सफल नेतृत्व स्थापित गर्ने  भन्दै सङ्गठन बिना पार्टी सुदृढीकरणको परिकल्पना गर्न नसकिने बताए ।

प्रकाशित: २१ पुष २०८०, शनिबार ०९:४६

Leave a Reply