No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा ३१ अंकको बृद्धि

0

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । आइतबार नेप्से ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ’सर्किट’ लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को शेयर साढे नौ प्रतिशतले घटेको छ ।

आज एक करोड ६६ लाख पाँच हजार कित्ता शेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित: २९ पुष २०८०, आईतवार ०९:४६

Leave a Reply