No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारी हिमपात र वर्षाले जर्मनीमा सयौं हवाई उडान रद्द

0

भारी हिमपात र वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा सयौँ उडान रद्द गर्नुपरेको छ । फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो ।

म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ ६ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ ।

ध्वजावाहक लुफ्थान्साले यात्रीहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि उनीहरूको उडानहरू अझै निर्धारित छन् वा छैनन् भनेर पुष्टि गर्न सुझाव दिएको छ । त्यस्तै राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण उसले आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ ।

प्रकाशित: ४ माघ २०८०, बिहीबार ०२:४९

Leave a Reply