No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

0

काठमाडौं । आइसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले नेपालाई ३०३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनायो ।

न्युजिल्याण्डका सेनिथ रेड्डीले १४७ रनको नटआउट शतकीय पारि खेलेका थिए । यसैगरी कप्तान ओसकार ज्याकसनले ७५ रन बनाउँदा टम जोन्सले ३३ रनको योगदान गरे । यस्तै लुकी वाट्सनले १४ तथा एलेक्ट थमसनले १३ रन बनाए ।
नेपालमा सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे ।

यसैगरी दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिए । नेपालले ३०३ रनको जवाफी लक्ष्यसहित ब्याटिङ थाल्दै छ ।

प्रकाशित: ७ माघ २०८०, आईतवार १२:३३

Leave a Reply