No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागलुङ नगरपालिकाले उचाल्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड

0

 

ढोरपाटन (बागलुङ) । १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १४ कास्य पदक हात पार्दै विजेता बनेको हो ।

आइतबार सकिएको प्रतियोगितामा बडिगाड गाउँपालिकाले १२ स्वर्ण, १४ र रजत १३ कास्य पदक जितेको छ । निसीखोला गाउँपालिकाले पाँच स्वर्ण, १० रजत र चार कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाले छ स्वर्ण, एक रजत र तीन कास्य जितेको छभने गलकोट नगरपालिकाले तीन स्वर्ण, चार रजत र आठ कास्य पदक जितेको छ । यस्तै, जैमिनी नगरपालिकाले तीन स्वर्ण, पाँच रजत र एक कास्य, जितेको छ । काठेखोला गाउँपालिकाले चार स्वर्ण, छ रजत र नौ कास्य जितेको अध्यक्ष खड्काको भनाइ छ ।

ताराखोला गाउँपालिकाले सात रजत र एक कास्य पदक, बरेङ गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र पाँच कास्य जितेको छ । तमानखोला गाउँपालिकाले एक कास्य पदक जितेको छ ।

प्रकाशित: ७ माघ २०८०, आईतवार १५:३९

Leave a Reply