No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको तेस्रो जित

0

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि ६ विकेटको फराकिलो जित दर्ता गरेको हो ।

पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ३४.३ ओभरमा सवै विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफमा कर्णाली प्रदेशले २८.३ ओभरमा ४ विकेट गुमाएर जित निकालेको थियो ।

पहिला ब्याटिङ गर्दा कोशीका लागि सुजन थपलियाले सर्वाधिक ७३ रन बनाउँदा ४ छक्का र ८ चौका प्रहार गरे । उनले ७३ बलको सामना गरेका थिए । सुजन घिमिरेले १२ तथा ऋषि भट्टराईले ११ रन जोडे ।

अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । कर्णाली प्रदेशका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट हात पारे । यसैगरी दिवान पुनले २ विकेट लिए ।

जवाफमा अर्जुन घर्तीले नटआउट ५० रनको अर्धशतकीय पारि खेले । उनले ४८ बल फेस गर्दा २ छक्का र ६ चौका प्रहार गरे । विपिन शाहीले २८ तथा निश्चल रावलले २१ रन बनाए । कप्तान रविन्द्र शाहीले १२ रन बनाउँदा अन्त्यमा अर्जुनसँग मिलेर हिमान्शु शाहीले २४ रनको नटआउट पारि खेल्दै कर्णालीलाई जिताए । कोशीका हेमन्त राईले ३ विकेट लिँदा कमल खत्रीले १ विकेट हात पारे ।

प्रकाशित: ९ माघ २०८०, मंगलवार १०:०१

Leave a Reply