No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीद्वारा बागमती पराजित

0

 

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जित हो ।

गण्डकी पाँच खेलमा चार अङ्क जोड्दै अङ्क ताकिलाको आठौँ स्थानमा छ । त्यस्तै बागमती सात खेलमा आठ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले टस जितेर ४९ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ९८ रन बनायो । एक सय ९९ रनको विजयी लक्ष्य गण्डकीले तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।

गण्डकीका लागि किरण पङ्गेनीले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ६ चौका र तीन छक्का हाने । यस्तै ईश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० तथा समिर कँडेलले १९ रन बनाए । बलिङतर्फ बागमतीका प्रतिश जिसीले दुई, रिजन ढकाल, सूर्य तामाङ र विपीन आचार्यले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा बागमतीका लागि आँशुतोष घिरैयाले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै इशान पाण्डेले ४३, विपीन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ तथा कप्तान रित गौतमले १३ रन बनाए । बलिङतर्फ गण्डकीका कमल परियारले चार, कप्तान विपीन खत्री र अमृत गुरुङले दुई÷दुई तथा सन्दीप पराजुलीले एक विकेट लिए ।

प्रकाशित: ९ माघ २०८०, मंगलवार १२:३६

Leave a Reply