No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित

0
भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा मंगलबार टस जितेर  आर्मीले पहिला फिल्डिङ रोजेको थियो । एपिएफ क्लबले आर्मीलाई जितका लागि एक सय एक सय २२ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य २४औँ ओभरको तेस्रो बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । उनले ४० बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १९ र बसिर अहमदले १८ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका रमेश कुर्मीले दुई तथा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।
यसअघि एपिएफ क्लबका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले अद्र्धशतकीय पारी खेले । उनले एक सय तीन बल खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै भुवन कार्कीले १६ तथा सुमित महर्जनले १४ रन बनाए ।  बलिङतर्फ आर्मीका सोमपाल कामीले तीन, अविनाश कर्णले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले एक एक विकेट लिए । खराब मौसमका कारण ५० ओभरको खेल ३६ ओभरमा झारिएको थियो । बुधबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।
प्रकाशित: ९ माघ २०८०, मंगलवार १४:४५

Leave a Reply