No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एथ्लेटिक बिलबाओसँग बार्सिलोना पराजित

0

काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिलबाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन । निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

जसमा एथ्लेटिकले ४–२ ले बाजीमार्न सफल भयो । एथलेटिकलाई सेमिफाइनलमा पुर्याउन गोर्का गुरुजेफा,ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरे पनि पर्याप्त भएन ।

पहिलो मिनेटमै गोर्का गुरुजेफाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो । ३२ औं मिनेटमा बार्सिलोनाका लागि लामिन यमलले गोल गर्दै २–१ को अग्रता दिलाए ।

४९ औं मिनेटमा एथ्लेटिकका लागि आइहान सान्चेटले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटमित्र एथ्लेटिक क्लबले अरु २ गोल थप्दै सेमिफाइनलमा स्थान बनायो ।

अतिरिक्त समयको पहिलो १५ मिनेटको इन्जुरी टाइममा इनाकी विलियम्ले गोल गरेपछि एथ्लेटिक ३–२ ले अघि बढेको थियो । यसैगरी १२० औं मिनेटपछिको इन्जुरी टाइममा निको विलियम्सले गोल गर्दै एथ्लेटिकलाई सेमिफाइलनमा प्रवेश गराउँदा बार्सिलोनालाई क्वाटरफाइनलबाटै विदा गरे ।

अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अब सेमिफइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्न बाँकी छ । अब एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको विजेताले अन्तिम चारमा स्थान बनाउने छ ।

प्रकाशित: ११ माघ २०८०, बिहीबार ०५:०८

Leave a Reply