No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो छ ‘दयारानी’को ट्रेलर

0

काठमाडौँ । माघ २६ देखि प्रदर्शन हुने फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सन्तान नभएपछि दम्पतीमा उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्नीको भूमिकामा छन् ।

माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शीर्षा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतको अभिनय छ । फिल्म बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपील विष्ट हुन्।

प्रकाशित: १६ माघ २०८०, मंगलवार ०८:१३

Leave a Reply