No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सेना प्रमुखको बहिर्गमनको हल्लाले युक्रेनमा असहमति देखिएको मस्कोको भनाइ

0

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कथितरूपमा आफ्ना लोकप्रिय सशस्त्र बल प्रमुख भ्यालेरी जालुज्नीलाई राजीनामा दिन दबाब दिन खोजेपछि युक्रेनका नेताहरू विभाजित भएको रुसले दावी गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मस्कोमा पत्रकारहरूसँग बर्खास्त गर्ने प्रयासको रिपोर्टले युक्रेनका नागरिक र सैन्य नेतृत्वबीच ‘बढ्दो मतभेद’ खुलासा भएको बताएका हुन् ।

रुसको सन् २०२२ को आक्रमण अघिदेखि सशस्त्र बलहरूको नेतृत्व गर्दै आएका जालुज्नीलाई बर्खास्त गर्न राष्ट्रपति जेलेन्स्की अगाडि बढेको अफवाह यसै साता युक्रेनी मिडियामा फैलिएको थियो । विभिन्न रिपोर्टले जालुज्नीको स्थानमा जियुआर सैन्य जासुसी प्रमुख किरिलो बुडानोभलाई नियुक्त गर्ने बताएका छन् ।

राष्ट्रपतिले सोमबार कमान्डर–इन–चिफ जालुज्नीलाई भेटेर राजीनामा पत्र लेख्न सुझाव दिएको बताइएको छ । विभिन्न रिपोर्टअनुसार जालुज्नीलाई सल्लाहकार वा राजदूतका रूपमा भूमिका प्रस्ताव गरिएको थियो । जेडएनडटयुएको रिपोर्टअनुसार जालुज्नीले प्रस्ताव अस्वीकार गरेका छन् । जेलेन्स्कीको कार्यालयले जालुज्नीलाई हटाउने योजना नभएको बताएको छ ।

प्रकाशित: १८ माघ २०८०, बिहीबार ०३:०६

Leave a Reply