No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागमतीमा ६ महिनामा साढे चार करोड माछाका भुरा वितरण

0

 

मकवानपुर (हेटौँडा) । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।

केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी  बलराम आचार्यले जानकारी दिए ।

केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका  प्रमुख सरोजकुमार यादवले बताए । उनका अनुसार यस अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ भने हालसम्म तीन मेट्रिक टन माछा बिक्री वितरण भइसकेको छ ।

विसं २०२४ मा हेटौडा–५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ  २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो । केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार ०६:१३

Leave a Reply