No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा ६ अंकको गिरावट

0

काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक बुधबार ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नेप्से निरन्तर ओरालो लागेको छ ।

नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए ।

मंगलबार ३ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सामान्य अंकले नेप्से घट्दा ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बोटलर्स नेपाल,हिमालया ऊर्जा विकास,समाज लघुवित्त वित्तीय र बोटलर्स नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.८४ प्रतिशतले घट्यो । मनु एण्ड प्रोबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका छन्। सो कम्पनीको सेयर २.८४ प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये ८० वटाको मूल्य बढ्दा १५९ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार १०:०७

Leave a Reply