No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

0

काठमाडौं । क्यानडा ११ विरुद्धको अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो। नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडे पनि कसैले ३० रन कटाउन सकेनन् ।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो। ब्याटरहरुले राम्रो सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन्। ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए।

लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे । २१औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए। उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए।

उनले २८ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए। उनी आउट हुँदा नेपाल ८७–४ को स्थितिमा थियो । रशिदले खान २५ बलमा १९ रन जोडे। सुजन थपलियाले कीर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए ।

बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो। त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए। अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार ०७:३९

Leave a Reply