No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले नेदरल्याण्डलाई दियो १७३ रनको लक्ष्य

0

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भयो । नेपालका लागि कुशल भुर्तेलले सर्वार्धिक ६६ रनको योगदान गरे । उनले ९३ बलमा ८ चौकाको मद्दतले ६६ रनको अर्धशतकीय पारी खेले ।

यो उनको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको आठौं अर्धशतक रहेको छ । त्यस्तै नेपालका लागि करण केसीले २६ रन बनाउँदै आउट भए । आरिफ शेखले २२ रनको योगदान गर्दा आशिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेदरल्याण्डका लागि भिभियन किंग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बस डि लिडे दुई विकेट लिँदा रोइलफ भान डेर मेर्वाको नाममा एक विकेट रह्यो ।

नेपालले खेलेका तीन खेलमा एक खेलमा जित र दुई खेलमा पराजित भएको छ । नेपालले नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो भने नेदरल्याण्डसँगको खेलमा जित निकालेको थियो ।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०७:३३

Leave a Reply