No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नामिबियाविरुद्धको खेलमा नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै

0

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । यसअघि एक दिवसीयमा खेलमा नेपाल दुई पटक नामिबियासँग पराजित भएको थियो।

आजको खेलमा उक्त हारको बदला लिने नेपालको रणनीति हुनेछ । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ–११ मा छन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गतको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदैछ ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबीच तेस्रो खेल हुनेछ। मार्च १ तारिखमा नेपाल र नामिबियाबीच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ। छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबीच खेलिनेछ ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी–२० विश्वकपमा छनोट भएका छन्।

प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार ०५:४७

Leave a Reply