No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

0

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी २० शृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो । नेपालका लागि कुशल्ले ३७ बलमा ५५ रनमा अविजित रहे। उनले ३० बलमा अर्धशतक पूरा गरेका थिए।

उनले टी २० आइमा चौथो अर्धशतक प्रहार गरे । यस्तै आरिफ शेख ३१ रन, दीपेन्द्र सिंह एैरी १६ रन, गुलसन झा २६ , अनिल शाह २३ , रोहित पौडेलले १० रन बनाए । पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई एक रनमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेललाई १० रनमा गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित ९ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए।

उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका हुन्। ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो । नेपालले तेस्रो विकेटका रुपमा ओपनर अनिल कुमार शाहलाई गुमाएको थियो।

अनिलले १७ बलमा ३ छक्काको सहयोगमा व्यक्तिगत २३ रन बनाएर आउट भए । चौथो विकेटको रुपमा अक्रमक ब्याटिङ गरेका गुलसन झालाई २६ रनमा गुमायो। १६ मलमा एक चौका र ३ छक्का प्रहार गरेका झा बर्नार्ड स्कोल्टजले एलबी डब्लु आउट गरेका हुन् । यता, नामिबियाका लागि बेन शिकोन्गोले तीन, ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्टी इएटन र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए।

प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०७:४२

Leave a Reply