No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साफ यू–१६ महिला  च्याम्पियनशिपमा नेपालद्वारा भुटान पराजित

0
काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नेपालले भूटानलाई  ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भूटानमाथि सहज जित निकाल्यो । जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ ।
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार १२:२५

Leave a Reply