No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

0

काठमाडौँ । नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको छ । कुशल भुर्तेल र सन्दीप जोराको अर्धशतको सहयोगमा नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको हो । हङकङमा जारी त्रिकोणात्मक श्रृङ्खला टी २० आईको अन्तर्गत आफ्नो दोस्रो खेलमा पीएनजीवरिुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निधारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो ।

नेपालका लागि दुई खेलाडीले अर्धशत प्रहार गरे । ओपन कुशल भुर्तेलले ३९ बलमा ५९ रनको योग्दान दिएर उनले ४ चौका र ४ छक्का प्रहार गर्दै १४.३ ओभरमा आउट भए । यस्तै सन्दीप जोराले २६ बलमा ५६ रन बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। उनि १७.५ ओभरमा आउट भएका थिए ।

नेपालका लागि विकेट किपर बिनोद भण्डारीले २७, बिबेक यादव १९, लोकेश बम १४, गुलसन झाले १५ रन बनाए। कप्तान रोहित कुमार पौडेल १ रनमा आउट हुँदा आरिफ शेखले ४ रन बनाए । बिबेकले अन्तिम ओभरमा ३ छक्का प्रहार गरेका थिए।

उनले ४ बलमा १९ रन बनाए । पीएनजीका लागि असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १÷१ विकेट लिए । यस खेल जितेमा नेपाल फाइनल प्रवेश गर्नेछ। आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन्। फाइनल बुधबार हुनेछ। पहिलो खेल वर्षाको कारण रद्द भएपछि नेपालले हङकङसँग अंक बाँडेको थियो। ।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार ०३:०२

Leave a Reply