No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी 

0

 

काठमाडौँ ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्यो । जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो ।

हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो । साथै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । फाइनल खेल भोलि हुनेछ ।

हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्युगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्यो । पपुवा न्युगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएको थियो । हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए । नस्रुला राना र एहसान खानले समान १६÷१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए ।

पपुवा न्युगिनीका काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई /दुई विकेट लिए ।

 

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार १२:१७

Leave a Reply