No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा

0

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेग एक–एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३–१ को जित निकालेपछि समग्रमा ४–२ को नतिजाका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति बार्सिलोनालाई जिताउन फर्मिन लोपज, जोआओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । यस्तै, नापोलीका लागि अमिर रहमानीले एक गोल फर्र्काए ।
१५औं मिनेटमा राफिन्हाको पासमा फर्मिन लोपेजले गोल गर्र्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको १७ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

तर, नापोलीले ३० औं मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेको थियो । नापोलीका लागि अमिर रहमानीले गोल फर्काएका थिए । २–१ ले अगाडि रहेको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ८४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।

प्रकाशित: ३० फाल्गुन २०८०, बुधबार ०४:३१

Leave a Reply