No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

0

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र सन् १९९४ मा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसङ्घ फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) लागु भएपछि धेरै ढिलो हुनुअघि विश्वभरका मुलुकहरू अब जलवायुमा ठोस कार्यको माग गर्ने महत्वपूर्ण क्षणमा आइपुगेका छन् ।

दक्षिणी चीनको हाइनान प्रान्तको बोआओमा जारी बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२४ मा अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वार्ताकार, उद्यम, बैंकर र वैज्ञानिकहरूले यो तात्कालीक भावनामा जोड दिएका छन् ।

बोआओ कन्फरेन्स सेन्टरमा प्रतिनिधि र पत्रकारहरूसहितको प्यानल छलफलमा जलवायु परिवर्तनका लागि चीनका विशेष दूत लिउ जेनमिनले विश्वभरका प्रत्येक मुलुक र हरेक व्यक्तिले कार्बन तटस्थता र ऊर्जा सङ्क्रमण लक्ष्यहरू प्राप्त गर्न कदम चाल्ने समय भएको बताए ।

‘एक्सिलरेटिङ क्लाइमेन्ट एक्सन’ शीर्षकको प्यानल छलफलमा सहभागीहरूले विश्वव्यापी तापक्रम वृद्धिको प्रतिक्रियामा वित्तपोषण मुख्य चुनौतीमध्ये एक भएको बताए । विकासोन्मुख मुलुकहरूमाथि जलवायु परिवर्तनसँग लड्न आवश्यक धन प्राप्त गर्न ठूलो दबाबमा रहेको लिउले बताए ।

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार ०२:३०

Leave a Reply