No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विद्युतीय सवारी सस्तो निर्यातमा भएको वृद्धिले विश्वव्यापी प्रभाव ल्याउनसक्ने अमेरिकी चेतावनी

0

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने चेतावनी दिन लागेकी छन् ।

उनले आफ्नो अर्को चीन भ्रमणका क्रममा हुने छलफलमा अतिरिक्त क्षमताको जोखिमलाई मुख्य मुद्दाका रूपमा उठाउने र बेइजिङमाथि ‘उक्त मुद्दाको समाधान गर्न आवश्यक कदम चाल्न’ का लागि दबाब दिने योजना बनाइरहेकी छन् ।

यस वर्ष वित्तमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणको योजना बनाइरहेकी येलेनले यी टिप्पणी जर्जियामा दिने अपेक्षा गरिएको छ । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको ऐतिहासिक मुद्रास्फीति न्यूनीकरण ऐनका फाइदाहरूबारे पनि बताइन् र प्रतिक्रियामा घोषणा गरिएको प्रमुख व्यावसायिक लगानीमाथि प्रकाश पार्नेछिन् ।

यद्यपि उनको भाषणको केही अंशमा चीनका साथै औद्योगिक क्षमताका अन्य मुलुकहरूमाथि पर्ने प्रभावका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार ०२:३४

Leave a Reply