No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लिमीका बालबालिकालाई ११ महिनापछि लगाइयो खोप

0

सिमकोट (हुम्ला) । हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।

लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले जानकारी दिए ।

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उनले दिए । लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।

प्रकाशित: २९ चैत्र २०८०, बिहीबार ०३:५९

Leave a Reply