No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी सेनामा कार्यरत नेपालीका आफन्तद्वारा काठमाडौंमा प्रदर्शन

0

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहिलाई पक्राउ गरेको थियो । उनीहरुले विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।

रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार ०७:५७

Leave a Reply