No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

0

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले पढेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

प्रतिपक्षी बेञ्च खाली भएपछि सभामुख धितालले दोस्रो कार्यसूचीलाई अघि नबढाई बैठक स्थगित गरेका हुन् । यसअघि कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

राप्रपाले पनि बैठक बहिष्कार गरेको छ । सभामुख समेतको समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत गएको छ ।

सर्वोच्चले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिइसकेको छ । यो मुद्दाको अर्को पेशी वैशाख १० गतेलाई तोकिएको छ ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ११:१६

Leave a Reply