No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

0

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिएर उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनको साँच्चिकै सहयोगी हो कि होइन भन्ने छनौट गर्नुपर्ने बताएका छन् । नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा जेलेन्स्कीले भने, “हाम्रो आकाश फेरि सुरक्षित हुनुपर्छ ।’

यो पूर्ण रूपमा तपाईंको छनौटमा निर्भर गर्दछ । जीवन वास्तवमा सबै ठाउँमा समान मूल्यवान छ कि छैन छनौट गर्नुहोस् । तपाईंसँग सबै साझेदारहरूको समान मनोवृत्ति छ कि छैन छनौट गर्नुहोस् । हामी वास्तवमै सहयोगी हौं कि होइनौं भन्ने निर्णय गर्नुहोस् ।”

जेलेन्स्कीले जमिन र हावाबाट रूसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्वीर प्रस्तुत गर्दै युक्रेनले पश्चिमी सहयोगबिना आफ्नो प्रतिरक्षा गर्न नसक्ने बताए ।

उनले भने, “यो स्पष्ट छ रूससँग हवाई आक्रमणका लागि शक्ति छ । यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमीनमा हाम्रो क्षमता सीमित छ ।”

जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्वपूर्ण निर्णय’ भनेका छन् ।

रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ ।

रूसी हवाई आक्रमणका कारण दर्जनौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरहरूको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताए  ।

जेलेन्स्कीले नेटो–युक्रेन परिषद्को बैठकमा भने, “रक्षा गर्न, हामीलाई थप सात ‘प्याट्रियट्स’ वा यस्तै हवाई रक्षा प्रणाली चाहिन्छ र यो न्यूनतम सङ्ख्या हो । ती हतियारले धेरै युक्रेनी जीवन बचाउन सक्छन् र वास्तवमा स्थिति परिवर्तन गर्न सक्छन् ।”

उनले भने, “यो वर्ष हामी निर्णयको प्रतिक्षा गर्न सक्दैनौं ।” युक्रेन रुसी आक्रमण रोक्न पश्चिमी, मुख्यतया अमेरिकी सैन्य समर्थनमा निर्भर छ ।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार ०३:२५

Leave a Reply