No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘रावायण’ को जनकपुरबाट सुटिङ सुरु

0

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सहकार्यको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

सोमबारको शुभ साइतमा युनिटले जानकी मन्दिरमा फिल्मको शुभसाईत गर्दै सुटिङ थालेको हो । फिल्ममा पल शाह डबल रोलमा देखिँदैछन् । सुदर्शन र पूजाको सहकार्यमा यसअघि म यस्तो गीत गाउँछु र त्यसको सिक्वेलमा बनेको थियो ।

यो फिल्ममा अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री निकिता चाण्डक पनि देखिदैँछन ।

प्रकाशित: १० बैशाख २०८१, सोमबार १२:३५

Leave a Reply