No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दिलिप रायमाझीकी छोरी दिव्याको डेब्यु फिल्म ‘एक्टर’को शुभमुहुर्त

0

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो ।

शुभसाइतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देव लगायतको उपस्थित थियो । दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । दिलिप रायमाझीकी छोरी दिव्या यसै फिल्मबाट डेब्यु गर्दैछिन्।

फिल्मको सुटिङ भने वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । राजन भुसालको निर्देशनमा बन्ने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय रहनेछ । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।

नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको अभिनेता खड्काले जानकारी दिए । यो फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ।

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार १२:३५

Leave a Reply