No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुनितामीको ‘सुनिमायालाई सँगै काटौला जुनी माया…’

0

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’ सार्वजनिक भएको छ । मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ ।

अर्घाको दरबार जोडियो घरबार ।
सुपा देउराली माई रिमै सुनिमायालाई ।।
सपनी तिम्रै म पनि तिम्रै ।
हैनर पियारी, रिमै सुनिमायालाई ।।

ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल अर्घाखाँचीको सुपा देउराली, अर्घा दरबारलाई समेटेर अर्घाखाँचीसहितका आसपासका जिल्लामा गाइने लोक भाकामा गीत गाइएको छ । गीतको म्युजिक भिडियो सुपा देउराली र अर्घा भगवती मन्दिरलगायत विभिन्न पर्यटकीयस्थलमा छायाङ्कन गरिएको छ । गीतमा सुनितामी परियार र ईश्वर सिंहको स्वर छ ।

गीतलाई शिव हमालले लेखेका र सङ्गीत ईश्वर सिंहले दिएका छन् । म्युजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गरेका छन् भने गायिका सुनितामी परियार आफैंले मोडलिङ गरेकी छन् । उनलाई विनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ मा जन्मिएकी गायिका सुनितामीको यसअघि ‘माइती घर जाऊँ’, ‘मलाई घाइते पारेयोनी’, ‘निर जाले’, ‘सलल पानी’लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार ११:०५

Leave a Reply