No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने

0

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलेले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।

शृंखला बराबरी गर्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । आजको खेलमा जित निकाले वेस्ट इन्डिज ‘ए’ ले अन्तिम खेलअगावै शृंखलाको उपाधि जित्नेछ । यसअघि पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार ०६:१९

Leave a Reply