No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रसंघ सहायक महासचिव र अर्थमन्त्रीबीच जलवायु परिवर्तन असरबारे छलफल

0

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजा र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ ।

यूएनडीपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठकमा भाग लिन नेपाल आएकी उनले बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् ।

यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्‍गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिइन् ।

यूएनडीपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । यूएनडीपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो ।

आगामी दिनमा त्यस्तै जोखिममा रहेकाका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडीपीले जनाएको छ ।

भेटमा उनले यूएनडीपीले नेपालका गामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताइन् । आफूले भ्रमणका क्रममा वातावरणीय परिवर्तनका कारण नेपालले भोगेका समस्याबारे जानकारी पाएको भन्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’ को कार्यक्रम नेपालमा लागू गरिने बताइन् ।

भेटमा मन्त्री पुनले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरूको बैठक नेपालमा राखेकामा धन्यवाद दिए ।

जलवायु परिवर्तनका कारण नेपाल जस्ता अल्पविकसित मुलुकहरूले भोग्नुपरेका विकराल समस्याबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले समेत नेपालको भ्रमण गरी जानकारी गराएको स्मरण गरे ।

यस्तै यूएनडीपीले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रका देशहरुका पक्षमा संयुक्त रुपमा काम गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग सम्झौता गरेकामा पनि खुसी व्यक्त गरे ।

नेपाल र यूएडीपीबीच लामो सहकार्य रहँदै आएको चर्चा गर्दै मन्त्री पुनले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

आगामी दिनमा समेत द्विपक्षीय सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटमा यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्‍गोडा लाबे पनि सहभागी थिइन् ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार १२:०७

Leave a Reply