No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वी कङ्गोमा विस्थापितहरूको शिविरमा विस्फोट हुँदा नौजनाको मृत्यु

0

 

युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार एम२३ (मार्च २३ आन्दोलन) विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितहरूको झुपडीहरूमा ‘बम’ खसेको थियो ।

आठ वर्षको निष्क्रियतापछि अधिकांश तुत्सी एम२३ विद्रोहीहरूले सन् २०२१ को अन्त्यमा पुनः हतियार उठाएका छन् । उनीहरूले यसको प्रान्तीय राजधानी गोमाबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा उत्तर किभु प्रान्तको ठूलो हिस्सालाई कब्जामा लिएका छन् ।

शुक्रबारको विस्फोटहरूको उत्पत्ति स्पष्टरूपमा स्थापित भएको छैन तर सरकारका प्रवक्ता प्याट्रिक मुयायाले सामाजिक सञ्जाल एक्समा ‘रुवान्डा सेना र उसको एम२३ आतङ्कवादी समर्थकहरू’ विस्फोटका लागि जिम्मेबार रहेको आरोप लगाए ।

किन्सासा, संयुक्त राष्ट्र सङ्घ र पश्चिमी मुलुकहरूका अनुसार छिमेकी रुवान्डाले एम२३ लाई समर्थन गरिरहेको छ तर यसलाई किगालीले अस्वीकार गरेको छ ।

गोमाको पश्चिममा ल्याक भर्ट छिमेकका प्रमुख डेडेसी मितिमाले भने, “धेरै बालबालिकासहित मैले मेरै अगाडि नौ वटा शव देखेँ ।” अर्का अधिकारीले मर्नेहरूको अस्थायी सङ्ख्या १० भएको बताए ।

राजधानीबाट करिब २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक सहर सोकसम्म जाने सडकको दुवैतिर झुपडीहरू थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा करिब ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार ०३:२६

Leave a Reply