No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपनिर्वाचनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हट्योः महासचिव पोखरेल

0

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताएका छन् ।

पार्टीको कीर्तिपुर नगर कमिटीको शनिबार सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताए । “देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ”, उनले भने ।

महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि सावित भएको बताए ।

यसैगरी उनले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा राखे । यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने उनको भनाई थियो ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार १४:१३

Leave a Reply