No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

0

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मार्सल आर्ट फेस्टिभलको उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले व्यक्तिगत स्वास्थ्य तथा सामाजिक एकता कायम गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण साबित हुँदै आएको बताए ।

विश्वलाई नेपाल चिनाउन र सामाजिक विकास गर्न खेलकुद अपरिहार्य रहेको उनले बताए । पोखरालाई खेलकुदको हबका रूपमा विकास गर्न महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।

विभिन्न खेल सङ्घहरूको सहकार्यमा आयोजना गरिएको फेस्टिभलमा ८ विद्याका खेल प्रतियोगिता सहित तालिमहरू समेत सञ्चालन गरिनेछन् । फेस्टिभलमा कराँते, तेक्वान्डो, उसु, फुल कराँते, तेक्वान्डो आइटिएफ, जुडो, फेन्सिङ, हप्किडोमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसक्रममा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । पोखरा महानगरपालिका विविध खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल जेठ १५ गतेसम्म जारी रहने छ ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार १७:१२

Leave a Reply