No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भक्तपुरमा प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा करिव दुई करोडको क्षति

0

 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आइतबार भएको आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएका छन् ।

आगलागी भएको जानकारी पाएपछि दुवाकोटस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकबाट आएको सात वटा दमकल, भक्तपुर, ललितपुरबाट आएका चार वटा पानी ट्याङ्कर र स्थानीयको सहयोगमा पाँच घण्टा लगाएर आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार आगो निभाउने क्रममा घाइते भएका रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठको इवामुरा अस्पतालमा र भारत बङ्गाल घर भई हाल दुवाकोट बस्ने २९ वर्षीय मनु उर्वाको इवामुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ । उर्वा गम्भीर घाइते भएकाले थप उपचारका लागि कीर्तिपुर लगिएको उनले जानकारी दिए ।

आगलागीबाट  एक करोड ८० लाख बराबरको क्षति भएको भन्दै प्रनाउ कार्कीले आगलागीको कारण भने नखुलेको जानकारी दिए ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार ०९:२९

Leave a Reply