No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘मनसरा’ को ‘एक तार मनको’

0

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’ को भूमिकामा बाल कलाकार नेनाहाङ राईलाई देखाइएको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्म प्रविण र नेनाहाङसँगै मिरूना मगर, मेनुका प्रधान, दयाहाङ राईलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार ०७:३७

Leave a Reply