No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग

0

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई १ लाख ७६ हजार रुपैयाँ सहयोग गरिएको छ । उनीहरुलाई खोटाङका विभिन्न स्कुलमा कार्यरत १ सय ५१ शिक्षकले चन्दा संकलन गरेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर ७ परिवार विस्थापित भएका थिए । पीडितलाई क्षतिको मूल्यांकन गरेर १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।

आगलागीबाट एक करोड ३३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०४:३४

Leave a Reply