No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

0

 

सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष्ट्रहरूसँग राजनीतिक र आर्थिक सम्बन्धलाई गहिरो बनाउन खोजिरहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गरेका छन् ।

चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सी र उनकी श्रीमती पेङ लियुआनलाई बुधबार बेलग्रेडमा मुख्य सरकारी कार्यालयहरू बाहिर रातो कार्पेटमा भुकिकले स्वागत गरे । प्रधानमन्त्री र नेसनल बैंक अफ सर्बियाका गभर्नरसहित अधिकारीहरूसँग हात मिलाउनुअघि चिनियाँ नेतालाई तोपको सलामी र चिनियाँ राष्ट्रगानले स्वागत गरिएको थियो ।

दुवै नेताले बालकनीबाट बाहिर प्रतीक्षा गरिरहेका हजारौँ मानिसतर्फ हात हल्लाउनुभयो । तीमध्ये केहीले चिनियाँ झण्डा फहराइरहेका थिए ।

भुकिकले सीलाई ‘सर्बियाको मित्र’ भने । “सर्बियामा जस्तो सम्मान र प्रेम उहाँले अन्य कहीँ पाउनुहुन्न”, उनले भने, “चिनियाँ क्षेत्रीय अखण्डताका सम्बन्धमा हाम्रो अडान स्पष्ट र सरल छ, ताइवान चीनको हो ।”

बेइजिङले स्वशासित ताइवानमाथि आफ्नो दाबी गर्दै ताइवानलाई चिनियाँ नियन्त्रणमा ल्याउन बल प्रयोगलाई अस्वीकार नगर्ने बताएको छ ।

दुई नेता बैठकमा बस्ता सीले प्रारम्भिक टिप्पणीमा भुकिकसँग भन्नुभयो, “हाम्रो दुवै मुलुकबीचको मित्रताको भावना बलियो थियो ।”

चिनियाँ राष्ट्रपति सी फ्रान्सको राजकीय भ्रमणपछि मङ्गलबार साँझ बेलग्रेड पुगेका हुन् । फ्रान्समा युक्रेन युद्धका बाबजुद व्यापार र चीनको रुससँग घनिष्ठ सम्बन्धलाई लिएर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग सीको मजबुत आदानप्रदान भएको थियो ।

सन् २०१९ पछि सीको युरोपको पहिलो भ्रमणका लागि छनोट भएका अन्य दुई मुलुकमा सर्बियापछि अर्को हङ्गेरी रहेको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।

 

प्रकाशित: २६ बैशाख २०८१, बुधबार १६:२४

Leave a Reply