No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले रोक्यो हतियार

0

बीबीसी । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा अमेरिकाले इजरायललाई उपलब्ध गराउन लागेको विस्फोटक पदार्थ रोकेको छ ।

‘सीबीएस’लाई ती अधिकारीले बताएअनुसार त्यो खेपमा १,८०० वटा ९०७ केजीका बम र १,७०० वटा २२६.८ केजीका बम थिए । रफाह क्षेत्रमा भएका गैरसैनिक नागरिकहरूको विषयमा अमेरिकाले व्यक्त गरेको सरोकारलाई इजरायलले ’पूर्ण रूपले सम्बोधन नगरेको’ ती अधिकारीको भनाइ छ ।

इजरायलले यस विषयमा तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायली सेनाले इजिप्टसँग सीमा जोडिएको भागपट्टि रफाह नाकामा नियन्त्रण कायम गरेको केही घण्टापछि मङ्गलबार राति गाजा स्ट्रिपमा थप हवाई आक्रमण गरेको छ ।

इजरायलले रफाह क्षेत्रवरिवरि सघन बम आक्रमण गरिरहेको छ। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार राति भएको एउटा आक्रमणमा एउटै परिवारका सात जनाको मृत्यु भएको छ । गाजामा सहायता पठाउनका लागि रहाफ एउटा महत्त्वपूर्ण नाका हो । गत अक्टोबर महिनामा इजरेल र हमासबीच लडाइँ सुरु भएपछि उक्त नाका हुँदै हजारौँ मानिसहरू अन्यत्र गएका छन्।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार ०३:२६

Leave a Reply