No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

0

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुगेका छन् ।

भ्रमणका क्रममा दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरी बहुआयामिक सम्बन्धलाई गति दिनेछन् । भारतीय विदेश मन्त्रालयले पनि एक्समा उनको आगमनको विवरण सार्वजनिक गरेको छ ।

माल्दिभ्सका विदेशमन्त्रीले भारतका परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट गरी आपसी हितका द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्नेछन् । नयाँदिल्ली भ्रमणको क्रममा विदेश मन्त्री जमीरले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटवार्ता गर्नेछन् ।

“माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख समुद्री छिमेकी हो र विदेश मन्त्री जमीरको भ्रमणले दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप गति दिने अपेक्षा गरिएको छ,” भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले मे १० अघि नै माल्दिभ्सबाट आफ्ना सैन्य कर्मचारीहरू फिर्ता गर्ने बताएको छ । गत मे ३ मा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए ।

यसअघि, राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिक रूपमा भारतलाई मालेबाट आफ्नो सेना फिर्ता लिन अनुरोध गरेको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । जसमा विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो ।

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार आगामी जुन/जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ ।

माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टर सहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार ०८:३८

Leave a Reply