No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रफाहमा इजरायलको कदमले युद्धविराम वार्तालाई अवरोध गर्ने उद्देश्य राखेको हमासको भनाइ

0

 

हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्तालाई रोक्न गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा आक्रमण गरेको आरोप लगाएका छन् ।

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्याङ्कहरू पठाएर इजराइलले अन्तर्राष्ट्रिय आपत्तिहरूको अवहेलना गरेको छ । उसले मङ्गलबार बिहान उक्त क्रसिङलाई कब्जामा लिएको छ । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो ।

“रफाह र यसको सीमा नाकामा भएको सैन्य कारबाहीले मध्यस्थकर्ताहरूको प्रयासमा बाधा पुर्याउने उद्देश्य राखेको छ”, इज्जत अल–रिस्कले विज्ञप्तिमा भने, “यद्यपि हमास अहिले पनि मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत (युद्धविराम) प्रस्तावलाई स्वीकार गर्न प्रतिबद्ध छ ।”

उनले कायरोमा वार्ताका लागि पठाइएको हमासको प्रतिनिधिमण्डल प्रस्थान गरी कतारको राजधानी दोहा फर्किएको बताए । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले महिनौँदेखि इजराइल र हमासबीचको सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् ।

इजिप्टको गुप्तचरसँग सम्बन्धित अल–काहेरा न्युजले लामो समयदेखि रोकिएको युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधिमण्डलहरूको वार्ता बिहीबार कायरोमा जारी रहने बताएको छ ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार ०३:१०

Leave a Reply