No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी सेमीफाइनमा

0

काठमाडौं । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले समान एकएक गोल गरे ।

आजको खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए । यसअघि मनाङले ६ पटक उपाधि जितिसकेको छ। अब मनाङ मस्याङदीले अन्तिम चारमा एपीएपफसँग प्रतिष्पर्धा गर्ने भएको छ । भोली मछिन्द्र र डिफेन्डिङ च्याम्पियन संकटा भिड्ने भएका छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

 

प्रकाशित: ९ माघ २०७८, आईतवार १२:२६

Leave a Reply