No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आवधिक निर्वाचनको क्रमभंगले लोकतन्त्रलाई हराउँछः पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल

0

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत पोखरेलले आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको प्राणवायु– आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ । लोकतन्त्र हार्ने काम कसैले नगरौं । निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्न र आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गरौं ।’

 

प्रकाशित: १४ माघ २०७८, शुक्रबार ०८:४१

Leave a Reply