No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो छ पार्टीको संघीय परिषद्को बैठकमा प्रस्तुत बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन

0

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र अवसरवादी भएको टिप्पणी गरेका छन् । पार्टीको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले माओवादीले अवसरवादी नीति अख्तियार गरेको उल्लेख गरेका हुन् ।

प्रतिवेदनमा उनले कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘माओवादी केन्द्र एमालेसँगको एकता, नेकपाको निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ । औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन । हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फत नेपाली काँग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएको छ ।’

एमसीसी प्रकरणमा माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै भट्टराईले देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरेको आरोप लगाएका छन् ।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार १०:०३

Leave a Reply