No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘रकेट प्रक्षेपण’ भइसकेकाले अब निर्वाचन कसैले रोक्न सक्दैनः प्रमुख आयुक्त थपलिया

0

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको ‘रकेट प्रक्षेपण’ भइसकेकाले अब स्थानीय तह निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भने, ‘गाडी छुटेको होइन, जहाज छुटेको होइन, बरु रकेट प्रक्षेपण भएको हो । अब यसको दिशा बदल्न वा रोक्न सकिँदैन।’

उनले निर्वाचन रोकिए दुर्घटना हुने र आयोगले दुर्घटना घटाउन नचाहेको बताए । थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको र निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिए ।

उनले अब मतदाता अभिमुखीकरण समेत सुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने बताए । निर्वाचन सम्पन्नताका लागि राजनीतिक दलको अहम् भूमिका रहने बताउँदै उनले सञ्चारमाध्यमलाई उपयुक्त भूमिका खेल्न आग्रह गरे ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार ०६:१७

Leave a Reply