No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निर्वाचन आयोगले माग्यो कुलमान र गण्डकीका सभामुखसँग स्पष्टीकरण

0

काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले घिसिङको तस्बिर राखेर पोस्टर बनाएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

पोस्टर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हालेर प्रचार गरेका थिए । त्यसको सर्वत्र आलोचना भएपछि माओवादी प्रचण्डले उक्त पोस्टरबाट घिसिङ र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको फोटो हटाएका थिए ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने ‘उहाँको अनुमति लिएर हो वा होइन र अनुमति लिएर भए किन र अनुमति बिना नै त्यो गरिएको भए किन आयोगलाई जानकारी नगराएको भनेर जवाफ मागिएको हो।’

त्यसैगरी आयोगले गण्डकीका सभामुख अधिकारीलाई २०७४ को प्रदेशसभा निर्वाचनको खर्चबारे बोलेकोबारेमा स्पष्टीकरण सोधेको हो । आयोगले झुटा विवरणसहित चुनावी खर्च विवरण बुझाएको भन्दै स्पष्टीकरण सोधेको हो ।

अधिकारीले चुनावमा आयोगले तोकेकोभन्दा धेरै खर्च भएको बताएका थिए। त्यही विषयलाई लिएर अधिकारीलाई आयोगले सात दिने स्पष्टीकरण सोधेको हो।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार १३:५३

Leave a Reply