No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हामी प्रतिपक्षमा बस्ने जमाना गएः अध्यक्ष ओली

0

लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जमाना गएको बताएका छन् । शुक्रबार लमजुङको घलेगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चाँडै सत्तामा फर्किने दाबी गरेका हुन् ।

उनले एमाले एकछिनका लागि मात्रै प्रतिपक्षमा रहेको बताए । उनले एमाले जस्तो पार्टी प्रतिपक्षमा बस्ने जमाना समेत नभएको बताए । उनले भने, ‘एमाले एकछिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन।’

अध्यक्ष ओलीले आफूहरुलाई जालझेल गरेर प्रतिपक्षमा पुर्याएइएकाले सत्तामा फर्किन जनताका साथका लागि आग्रह गरे । अध्यक्ष ओलीले एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको बताए ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेका उनले बताए । उनले भने, ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन्,’ सूर्यतिर औला देखाउँदै ।’

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार १०:१९

Leave a Reply