No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जिम्बाब्वेमा बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु

0

सवारी दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको सवारी साधन शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार १७:२३

Leave a Reply